नयाँलिपिः इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियासहित ५ कर्मचारी मंगलबार सम्मानित भएका छन् ।
एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका थिए ।
यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको हो ।
सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक, राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीराकुमारी यादव छन् ।