नयाँलिपिः जिल्ला अदालत काठमाडौंले स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन मुद्दामा पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
जोशी यसअघि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की जिल्ला अदालतबाट पनि ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।
त्यस्तै स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा ४ लाख र सञ्चालक समिति सदस्य कमल लामा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ ।
रवि र छबिसहितका प्रतिवादीविरुद्ध प्रहरीले रुपन्देहीसहित चितवन र पर्सामा पनि सहकारी ठगी मुद्दा अगाडि बढाएको छ ।