पौडेल र शाहीलाई सम्झियो पत्रकार महासंघले

नयाँलिपिः नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ ।

महासंघको सभाहलमा मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारिता लगायत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे । उनीहरुले पौडेलको सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

आजभन्दा ठिक २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै सञ्चारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको थियो ।

पत्रकार महासंघ गण्डकीका नवनिर्वाचित अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जमुना वर्षा शर्माले गरेकी थिइन् ।

सहभागीले स्व. पत्रकार त्रिभुवन पौडेल र स्व. अनिल शाहीको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धा सुमन व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रीय सदस्य पौडेल प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत थिए । पोखरा हटलाइन दैनिकका सम्पादक उनले पत्रकार महासंघ कास्कीमा उपाध्यक्ष एवं दुईपटकसम्म सचिव भई योगदान गरेका थिए । त्यसैगरी, संचारकर्मी शाही रेडियो एपोस्टल संस्थापक थिए ।

Scroll to Top