पोखरा । चारदिने वडा स्तरीय महिला सिप विकास सिकाई तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयुक्त आयोजना सम्पन्न भएको तालिम पुस २६ गते बाट २९ गते सम्म संचालन भएको थियो । आर्थिक सहयोग पोखरा महानगरपालिका २५ ले गरेको थियो ।
समापन कार्यक्रममा बोल्दै पोखरा महनागरपालिकाका प्रवत्ता एवं पोखरा महानगरपालिका २५ का वडा अध्यक्ष मोतिलाल तिम्सिनाले यस्ता तालिमले महिला दिदीबहिनीहरुलाई सक्षम ,सबल र आत्मानिर्भर बनाउन मद्धत मिल्ने बताए ।
कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धन कुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवार ,सुवाश भण्डारी, तारा वि.क, महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
तालिममा सहभागिहरुलाई मासुको अचार,मेथिको अचार लगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने बारे प्रशिक्षण दिएको महिला सञ्जालका कोषाध्यक्ष सोभा कोईराला त्रिपाठीले बताईन । उक्त कार्यक्रममा स्थानीय कमला क्षेष्ठले सहजीकरण गरेकी थिईन।
तालिममा उपस्थित महिला दिदिबहिनीहरुलाई बोल्नेकला बारे पनि प्रशिक्षण दिएको थियो । बोल्नेकला बारेको तालिममा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भिम श्रेष्ठले सहजीकरण गरेका थिए ।
महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रिता पौडेल त्रिपाठीले गरेकी थिईन् । कार्यक्रम संचालन सिगंगा त्रिपाठी र उभा भुर्तेल पौडेल गरेकी थिर्ईन।