माघको तेस्रो साता प्रेचौ कास्कीको अधिवेशन तय

santan ads

नयाँलिपिः प्रेस चौतारी नेपाल स्थापना दिवसको अवसरमा आगामी माघ २२ गते कास्की शाखाको अधिवेशन मिति तय भएको छ ।

स्थापना दिवसको अवसरमा शुभकामना साटासाटसहित नवौं अधिवेशन तय गरिएको शाखाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीले जनाएका छन् । उक्त अवसरमा अन्तरक्रियाकासाथै ‘प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार – २०८१’ समेत अर्पण गरिनेछ ।

अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ भने पुरस्कारकालागि प्रतिभा छनौट गर्न शान्ति गुरुङ, केशवशरण लामिछाने र केशव पाठकसम्मिलित समित गठन गरिएको छ । उक्त समितिमा पदेन सदस्यमा कावा अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारीसमेत रहेका छन् ।

अधिवेशन मिति तय गर्न बसेको बैठकले पत्रकार महासंघ गण्डकी र कास्कीको निर्वाचनमा विजयी भएका र नेपाल सरकारबाट नियुक्त भएकाहरूलाई बधाई ज्ञापन पनि गरेको छ ।

सूचना आयुक्त दुर्गा भण्डारी, प्रेस काउन्सिल नेपाल सदस्य केशवशरण लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको सचिव अधिकारीले बताए ।

Scroll to Top