अदालतको आदेशपछि रवि प्रहरी हिरासतमा

नयाँलिपिः काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ। लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए।

Scroll to Top