‘लेखनाथ महोत्सव’मा आज ४० हजार दर्शक,कारोबार लगभग डेड करोड

santan ads

लेखनाथ । जारी लेखनाथ महोत्सवमा आज (शनिबार) मात्रै ४० हजार दर्शकले अवलोक गरेको छ । दर्शक बाक्लो उपस्थिीति संगै कारोबारले पनि रेर्कड तोडेको छ । महोत्सवमा आज मात्रै १ करोड ३५ लाखको कारोबार भएको छ । आजको कारोबार हालसम्मकै सर्वाधिक कारोबार भएको आयोजकले जनाएको छ ।

यसै गरी महोत्सवको हालसम्म एक लाख ९० हजार दर्शकहरुले अवलोकन गरेका छन र शनिबार मात्र ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव एवंम प्रचार प्रसार उप समितिका संयोजक जानुका अधिकारीले जानकारी दिईन ।

शनिबार दिउँसो महोत्सव स्थलमा दर्शहरुको अत्याधिक चाप वढेपछि आपतकालिन गेट खुला गरि दर्शकहरुलाई सहज रुपमा आवागमनको व्यवस्था मिलाईएको थियो ।

स्थानिय क्षेत्रका विद्यालयहरुमा परिक्षा सकिएर जाडो विदा पनि भएका कारण बाल बालिका सहित अभिभावकहरुको उपस्थीती पनि उल्लेख्य वृद्धि भएको हो । महोत्सव सकिन अव तीन दिन मात्र वाँकी रहेको र एक पटक महोत्सव जानैपर्ने मान्यता स्थापित भएकले पनि महोत्सवको पछिल्ला दिनहरुमा दर्शक र कारोवारमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक र कारोबार हुनेमा विश्वस्त रहेको संघका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका सह संयोजक राजेन्द्र ओझाले वताए ।

महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राख्नेछन भने बेलुका लाईभ कन्सर्टम भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु)ले जानकारी दिएका छन् । महोत्सवमा हालसम्म पाँच करोड ८५ लाख वरावरको आर्थीक कारोबार भएको छ ।

Scroll to Top