‘पोखरा महोत्सव’मा शनिबार दर्शकको बाक्लो उपस्थिीती

santan ads

पोखरा । जारी १३ औं पोखरा महोत्सवमा आज (शनिबार) दर्शकको बाक्लो उपस्थीति रह्यो । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शक उत्साहजनक उपस्थिीति संगै त्यहाँका स्टलमा समेत भिडभाड रहेको थियो ।

महोत्सवको तेश्रो दिन शनिवार लोक तथा दोहोरी गायक सम्झना लामिछानेको प्रस्तुतीमा दशकले भरपुर मनोरन्जन लिए । लामिछाने संगै लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सांझको लाइभ ब्याण्ड तर्फ टुकीको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।

महोत्सवको चौथो दिन भोलि (आइतबार) महोत्सवमा लोक तथा दोहोरी गायक प्रकाश दुतराज, चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारी र हाँस्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । आइतबार सांझको लाइभ ब्याण्ड तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुती रहने छ ।

पोखरा महोत्सवमा टिकट काटेर अवलोकन गर्न जाने दर्शकहरुको लागि विभिन्न अफरहरु रहेको छ साथै महोत्सवबाट बचत भएको रकम आयोजक युनाईटेड क्लबले छात्राबास निर्माणमा खर्चने जनाएको छ ।

 

Scroll to Top