एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगोको कारण ७ जनाको मृत्यु भईसकेको छ । आगो अझै नियन्त्रणमा आइको छैन ।
लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छन्।
उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन्।
लस एन्जलसको अग्नि नियन्त्रण विभागका प्रमुख क्रिस्टन क्राउलीले प्यालिसेड्स आगलागीमा दुई जनाको मृत्यु भएको बताएका छन्। उनले अहिलेसम्म आगलागीको घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी अझै नआएका उल्लेख गरेका बीबीसी समाचारमा उल्लेख छ।
यसअघि इटनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको जानकारी बाहिर आएको थियो।
क्राउलीका अनुसार प्यालिसेड्सको आगो १९ हजार एकडभन्दा बढीमा फैलिएको छ। यसका कारण ५ हजार ३ सय भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन्।
अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताएका छन्। यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ। यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको छ। केनेथमा पनि नयाँ आगलागी भएको बताईएको छ ।