‘लेखनाथ महोत्सव’मा आठौदिन सम्म करिब ४ करोडको कारोबार

santan ads

लेखनाथ । जारी २० औं लेखनाथ महोत्सवको आठौंदिन सम्म करिब ४ करोडको कारोबार गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा राखिएका करिव तीन सय ३६ फरक÷फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केको देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट रहेको बताएका छन् ।

माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलीरहदा विहिवार मात्र ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदा ३ करोड ७५ लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।

वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ ।यसैबिच विहिवार मात्र १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या हजार पुगेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

शुक्रबार कलाकारहरु पुष्कल शर्मा, सम्झना लामिछाने मगर, कुमार पुन, जिवन दाहाल शिवहरी ढुंगाना, ईन्द्र गुरुङ, मिरा पोखरेल, अमर धितालको प्रस्तुती रहनेछ भने बेलुका कन्सर्टमा दुर्गेश थापा र अस्मिता अधिकारीको प्रस्तुती रहने कलाकार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिएका छन ।
महोत्सवको थप आर्कषणको रुपमा रहेको युगल नृत्य प्रतियोगिता अन्र्तगत बिहिबारसम्म सहभागि २४ जोडी मध्ये १६ जोडी बाहिरिएका छन भने ८ जोडि सेमीफाईनलको लागि छनोट भएका खुल्ला युगल नृत्य प्रतियोगिताका संयोजक धिरज कुमार श्रेष्ठले जानकारी दिएका छन ।
महोत्सवमा गाडी देखि साडी सम्म र नुन देखि सुन सम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिईएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको निवर्तमान अध्यक्ष छत्रधर आत्रेयको दावी छ ।

Scroll to Top