दुर्गा प्रसाई धरौटीमा रिहा

santan ads

नयाँलिपिः जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

उनलाई संगठितरूपमा आपराधिक लाभ लिएको कसुरमा बिहीबार थुनछेक बहसपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

पौष २४ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंसहित ३ जनाविरुद्ध संगठितरूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोगपत्र दर्ता गरेको थियो ।

Scroll to Top