नयाँलिपी : कारबाओ कपको सेमिफाइनल खेलमा न्यूकासल वजयी भएको छ ।
गएराति भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनल होम ग्राउण्डमा न्यूकासलसँग पराजित भएको हो।
होम ग्राउण्डमा आर्सनलले २–० गोल अन्तरले पराजित भएको हो । खेलको ३७ मिनेटमा एलेक्जेन्डर इशाकको गोलमा न्यूकासलले सुरूवाती अग्रता लिएको थियो।
५१ मिनेटमा एन्थोनी गोर्डनले अग्रता दोब्बर पारे। दोस्रो लेग फेब्रुअरी ६ मा न्यूकासलको मैदानमा हुनेछ।