सहकारी ठगीः रविको पक्षमा आज सुशिल पन्तसहित आधा दर्जन वकिल बहसमा

santan ads

नयाँलिपिः पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रवि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन् ।

सोमबारदेखि पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने गत कार्तिक २ गते देखी कास्की प्रहरी हिरासतमा रहेका छन् ।

आजबाट उनको पक्षमा सुरू भएको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै आधा दर्जन अभिवक्ताले बहस गर्दैछन् ।

शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भए पनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआइजी छविलाल जोशी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका थिए ।

Scroll to Top