काठमाण्डौंमा सहकारी ठगी आरोपमा रविसहित ३९ लाई मुद्दा दर्ता

santan ads

नयाँलिपिः कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेसहितका ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

आज दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

प्रतिवादीबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि रवि कास्की प्रहरीको हिरासतमा छन् ।

Scroll to Top