पोखरा । पोखरामा जारी २१ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स उपाधीको लागि आरव सम्राट हाडा र प्रनव मानन्धर भिड्ने भएका छ कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गरी आरव सम्राट हाडाले प्रनव मानन्धर संग फाइनलमा भेट पक्का गरेका हुन् ।
सोमबार पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा सम्पन्न सेमीफाइनलमा प्रदिप ६–०, ४–६ र ६–१ ले आरव संग पराजित हुँदै सेमीफाइनलबाट बाहिरिएका छन् भने प्रनवले निशान श्रेष्ठलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै आरव संग उपाधि भिडन्त पक्का गरे ।
मेन्स डबल्सतर्फ निहाल जङ्ग बहादुर थापा र आरव सम्राट हाडाको जोडीले प्रनव मानन्धर र राजविर प्रधानको जोडीलाई फाइनलमा ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै डबल्सतर्फको उपाधि जितेका छन् ।
प्रतियोगिता एक दिन लम्बिए संगै ओपनतर्फ उमेन्स र मेन्सतर्फका फाइनल खेल भोली (मंगलबार) तय गरिएको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै प्रतियोगिता अन्तर्गत नै पाँचौ दिन केही क्याटोगरी अन्तर्गतका फाइनल खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ६५ वर्ष माथीको सिंगल्स फाइनलमा बिदुर विष्टले ध्रुब गुरुङलाई सुपरटाई म्याचमा हराएका छन् । बिदुरले ४–२, २–४ र ९–७ ले फाइनल खेल आफ्नो पक्षमा पारे ।
३५ वर्ष माथी उमेर समुहको फाइनलमा जितेन्द्र परियारको जोडी र कुमार अधिकारीको जोडीले एस तोगबे र पि नोर्वुको जोडीलाई ६–२, ६–३ का् सोझो सेटमा पराजित गरे । ३५ वर्ष माथी सिंगल्समा पूर्व नं १ जितेन्द्र परियार उपाधि नजिक पुगेका छन् । सम्पन्न सेमीफाइनलमा उनले सिमान्त गुरुङलाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाए । जितेन्द्रले फाइनलमा सन्तोष खत्री संग भेट पक्का गरे । सन्तोषले भिष्म जङ्ग गुरुङलाई ६–३, ६–२ ले पराजित गरे ।
४५ वर्ष माथीको डबल्स फाइनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले हेमराज ढकाल र मान बहादुर कटुवालको जोडीलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधि जितेका छन् । यस्तै ४५ वर्ष माथीको सिंगल्स फाइनलमा रोहित सुनुवार र कमल भण्डारीले उपाधि यात्रा सुरक्षित गरेका छन् । सम्पन्न सेमीफाइनलमा रोहितले हेमराज ढकाललाई ६–३, ६–१ ले पराजित गर्दा कमलले छेवाङ लामालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।
६५ वर्ष माथी डबल्सको फाइनलमा बिदुर विष्ट र मनोज राणाको जोडीले ध्रुव गुरूङ र रविन्द्रको जोडीलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गरे ।
यसै गरी ५५ वर्ष माथीको फाइनलमा जिवन घिमिरे र चन्द्र शाही उपाधिका लागि भिड्ने भएका छन् । जिवनले सुपरटाई म्याचमा ६–०, ६–७ र १०–५ ले उत्तम बोगोटीलाई हराए भने चन्द्रले तुलेश्वर सिंहलाई ६–४, ६–१ ले सेमीफाइनलमा पराजित गरे । ५५ वर्ष माथीको डबल्समा युगेन शेर्पा र जित प्रधानको जोडी बिजयी भएको छ । उनीहरु जिवन घिमिरे र सुदर्शन विष्टको जोडी विरुद्ध ६–३, ६–२ ले बिजयी बने ।