‘अकला’ वुमन्स च्यालेन्जर कपको च्याम्पियन

पोखरा । अकला पोखरामा सम्पन्न दोस्रो वुमन्स च्यालेन्जर कप टी२० क्रीकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
राउन्डरोविन लिगको आधारमा भएको प्रतियोगितामा रनरेटमा टिम विन्ध्यवासिनी र भद्रकालीलाई पछि पार्दै अकला च्याम्पियन बनेको हो ।

कास्की जिल्ला क्रीकेट संघको आयोजनामा सम्पन्न भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा भएको प्रतियोगितामा भद्रकाली, अकला र विन्ध्यवासिनीले समान ३ खेल खेल्दा २ जित र १ हार व्यहोर्दै समान ४–४ अंक प्राप्त ग¥यो । टिम बाराही भने ३ खेलमै हार व्यहोर्दै अंक बिहिन भयो ।

शुक्रबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ११४ रनको विजयी लक्ष्य पाएको अकला २० ओभरमा ६विकेट गुमाउँदै १०५ रनमा सिमित हुँदा भद्रकालीले ८ विकेटको जित हासिल गर्न सफल भएको हो ।

अकलाका लागि सिर्जना पौडेलले ४५ रनको योगदान दिइन् । कृष्टीना अर्यालले ११ रनको योगदान दिइन् । भद्रकालीका लागि रेजिना विकले २ तथा पुुर्णिमा गुरुङले १ विकेट लिइन् ।

टस जितेर ब्याटिङ थालेको भद्रकालीले २० ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो । भद्रकालीका लागि रेखा तामाङले ५४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । उनी जारी प्रतियोगितामा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् । यस्तै सिर्जना विकले १९ रन जोडिन् ।

अकलाको लागि सुुशिला डिमडुुङ र सिर्जना पौडेलले १/१ विकेट लिइन् । बाराहीलाई विन्ध्यवासिनीले ३८ रनले हराएको छ । १२३ रनको विजयी लक्ष्य पाएको बाराही १३.२ ओभरमा ८४ रनमा अलआउट हुन पुुग्यो । बाराहीका लागि विनिता नेपालीले सर्वाधिक २४ रनको योगदान दिइन् । यस्तै विन्दु ठकुरीले १७ तथा यशोदा भुजेलले १४ रनको योगदान दिइन् । विन्ध्यवासिनीका लागि मेघा खड्गी र चन्द्रमाया बरालले समान ३/३ विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विन्ध्यवासिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाउन सफल भयो ।

विन्ध्यवासिनीका लागि चन्द्रमाया बरालले ४३ रनको योगदान दिइन् । सफलता भुजेलले १८ रनको योगदान दिइन् । बाराहीका लागि यशोदा भुजेलले ३ तथा सोफिया गुुरुङले २ विकेट लिइन् ।

सम्पन्न प्रतियोगिताबाट प्रधानमन्त्री कप र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्की जिल्लाबाट खेलाडी छनौट गरिने आयोजक कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।

Scroll to Top