माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । शुक्रबार ४५ वर्ष माथि भएको मेन्स सिंगलमा संदुक लामाले गोपीबहादुर भट्टराईलाई प्रतिस्पर्धात्मक खेलमा ६–४, २–६ र सुपर टाईमा १२–१० ले पराजित गरे । सुपरटाईमा ८–३ को अग्रता जोगाउन नसक्दा आशा गरिएका पोखरेली खेलाडी भट्टराई पराजित हुन पुगे । त्यस्तै कोरियाका जुजुमान किमले प्रकास बस्नेतलाई ६–३, ३–६ र सुपर टाईमा १०–७ ले पराजित गरे । सोही उमेर समुहका अन्य खेलहरुमा सुनिल श्रेष्ठले डा.देव थापालाई ६–४, ६–३ ले, लाक्पा तेम्बा शेर्पाले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले पराजित गरेका छन् ।

मेन्स डबल्सतर्फ नेहाल जंगबहादुर थापा र आरब हाडाको जोडीले पोखराका शास्वत बज्राचार्य र दर्शिल श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले, प्रदीप खड्का र उगेन शेर्पाको जोडीले विवेक मगर र सन्दिप विकको जोडीलाई ६–१, ६–१ ले, नविन पाइजा र आयुषमान हजुर घलेको जोडीले हर्षवर्दन राव र प्रफुल्ल श्रेष्ठको जोडीलाई पराजित गरे ।

उमन्स ओपनतर्फ स्वस्तिका विष्टले डेचेन छोडेनलाई ६–०, ६–० ले तथा जेनि खड्काले आहना शेरचनलाई ६–०, ६–० ले पराजित गरिन् । ३५ वर्ष माथिको मेन्स सिंगलमा जितेन्द्र परियारले डा.मदन थापालाई ६–०, ६–० ले पराजित गरे ।

३५ वर्ष माथिको मेन्स डबल्समा पोखराका राजन पौडेल र शरण गुरुङ्ग जोडीले पोखराकै दुर्गा सुनार र नवराज शर्माको जोडीलाई, हिमाल शाह र देव क्षेत्रीको जोडीले सोनाम तोक्दे र पेमा नोर्बुको जोडीलाई, गगन महर्जन र भिष्म गुरुङ्गको जोडीले सोम राना र अनिल सेन्चुरीको जोडीलाई तथा विकास गुरुङ्ग र प्रकाश गुरुङ्गको जोडीले निरज थापा र राज गुरुङ्गको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

४५ वर्ष माथिको डबल्समा भिष्मराज पौडेल र रोहित सुनुवारको जोडीले किसान थापा र किशोर गुरुङ्गको जोडीलाई ६–१, ६–२ ले तथा केवी लामा र विष्णु बानियाँको जोडीले दोर्जे लामा र लोक गुरुङ्गको जोडीलाई पराजित गरेका छन् ।

५५ वर्ष माथिको मेन्स डबल्समा अनु जोन र विनोद कायस्थको जोडीले इन्द्र गुरुङ्ग र अनिल तुलाचनको जोडीलाई ६–३, २–६ र सुपर टाईमा १०–३ को प्रतिस्पर्धात्मक सेटमा जित निकाले । अर्को प्रतिस्पर्धात्मक खेलमा पोखराका धरमबहादुर लामिछाने र मनु त्रिपाठीको जोडी उत्तम शेर्पा र जित पौडेलको जोडीसंग ६–२, ४–६ र सुपर टाईमा १०–४ ले पराजित हुन पुगे । लोक गुरुङ्ग र पदम गुरुङ्गको जोडी शुदर्शन विष्ट र जिवन घिमिरेको जोडीसंग ६–३, ६–३ ले पराजित भए । अन्य खेलहरु जारी रहेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।

Scroll to Top