पोखरामा प्रधानमन्त्री ओली र न्यायाधीशको पुत्ला जलाइयो

नयाँलिपिःसर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि नेकपा माओवादीले विभिन्न शैलीमा त्यसप्रति रोष प्रकट गरेको छ ।

सरकारी कामकाजमा जनयुद्ध शब्दको सट्टा ‘सशस्त्र संघर्ष’ उल्लेख गर्ने आदेश भएपछि आज साँझ माओवादी समर्थित अखिल क्रान्तिकारीले पोखरामा प्रधानमन्त्री केपी वली र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको पुत्ला जलाएका छन् ।

क्रान्तिकारीले राँके जुलुसहित प्रदर्शन गर्दै उनीहरुको पुत्ला जलाएको हो । त्यसक्रममा क्रान्तिकारीले ‘जनयुद्ध जारी छ, प्रधानमन्त्री वली मुर्दावाद, प्रधानन्यायधीश मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

जुलुशपश्चात अखिल क्रान्तिकारीका कास्की सचिव मनिष तामाङले सरकार र न्यायालयको आदेशले महान् जनयुद्धको खिल्ली उडाएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरे ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँलको इजलासले ‘जनयुद्ध’ शब्द संविधानको प्रस्तावना र धारा ४२ (५) को प्रतिकूल भएको ठहर गरेको छ।

Scroll to Top