इजरायली जनसंहार विरुद्ध कास्कीका ६ दलको संयुक्त हस्ताक्षर

नयाँलिपिः इजरायलद्वारा प्यालेस्टाइनमाथि भएको निर्मम आक्रमणको विरोधमा कास्कीका ६ प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गरेका छन् ।

दलहरुले यस आक्रमणलाई मानवता विरोधी र सभ्य समाजका लागि अस्वीकार्य भएको भन्दै आज पोखरामा हस्ताक्षर अभियानमार्फत ऐक्यबद्धता जनाएका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा बिहान ८ बजेदेखि हस्ताक्षर संकलन गरिएको छ ।

हस्ताक्षर अभियानमा कास्कीका ६ दलका प्रतिनिधिले इजरायलको आक्रमणलाई ‘नरसंहार’को संज्ञा दिएका छन् ।

दलका प्रतिनिधिले प्यालेस्टाइनी जनताको बाँच्न पाउने अधिकार, शिक्षा, स्वास्थ्य, धर्म, र पेशा अँगाल्न पाउने आधारभूत अधिकारमाथि गम्भीर उल्लंघन भएको बताए ।

हस्ताक्षरकैक्रममाा विद्यालय, अस्पतालजस्ता स्थानमा इजरायली हमलाले जनसंहारको रुप लिएको र यसले २१औं शताब्दीको मानवीय मूल्यको अवमूल्यन गरेको उनीहरूको भनाइ छ।

विरोध र हस्ताक्षर अभियानमा नेकपा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, नेकपा, क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेसपा (नयाँ शक्ति) सहभागी छन् ।

Scroll to Top