पोखरा । १३ औें पोखरा महोत्सव यहि पुस २५ गते बाट माघ ७ गते सम्म आयोजना हुने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा हुन लागेको महोत्सवबाट बचत भएको रकम युनाईटेड छात्राबासमा खर्चिने आइतबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आइरहेको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड छात्राबास निर्माणको लागि अगाडी बढ्ने जनाएको हो । युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा गरिब तथा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्राबास निर्माणका लागि हालै शिलान्यास कार्यक्रम सम्पन्न गरिसकेको छ ।
सो छाात्रावासको डिपीयार अनुरुप निर्माण कार्य अगाडी बढेको महोत्सव प्रचार प्रसार संयोजक तथा युनाईटेड क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए । सुनारका अनुसार उक्त छात्राबासलाई क्लबले निकट भविष्यमा विद्यालयको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको बताए । शिक्षा संगै स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रलाई समेत निरन्तरता भने रहने उनले बताए ।
पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखानाको अवधारणा लिई पोखरा महानगरपालिकाको पचभैया क्षेत्रमा पर्ने सामुदायिक बनलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको र हाल उक्त काम गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजनामा समावेश भई काम भइरहेको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उप समिति संयोजक राजु श्रेष्ठ,क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले दिएका थिए ।
महोत्सवकै माध्यामबाट सेती नदी खोचलाई शाहसिक पर्यटकीय गन्तब्य स्थल बनाउन समेत सम्बन्धित निकाय समक्ष पहलकदमी भईरहेको क्लबले जनाएको छ ।
१२ दिन सम्म सञ्चालन हुने महोत्सबबाट सबै खर्च कटाएर २८ लाख १५ हजार बचत गर्ने लक्ष्य आयोजकले राखेको छ ।
पोखरा महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।
महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, ज्योती मगर, प्रकाश दुतराज, रचना रिमाल, शान्ति श्री परियार, श्याम राना, अस्मिता अधिकारी, राजु परियार, सम्झना लामिछाने मगर, शान्तिरानी परियार, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छभने लाईभ कन्सर्ट तर्फ भीटेन, लाहुरे, उर्गेन, फिरन्ते, रकहेड्स, पूर्ण राई एण्ड दाजुभाई, जेमसी संगै स्थानिय ब्याण्डहरुको प्रस्तुती रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी हांस्य ब्यङ्ग्य तर्फ म्याकुरी, दीपक थापा, पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
तेह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड रहेको छभने प्रायोजकहरुमा पोखरा सेकुवा घर अमरसिंह चोक, साकुरा डिजाइनर्स एण्ड विल्डर्स प्रालि, स्टारसिड टेक्नोलोजिस प्रालिको बिक्रेता जेपी इलेक्ट्रिकल्स प्रालि र बिवस इलेक्ट्रिकल्स पोखरा १० बुद्धचोक, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, हस्पिटालिटि पार्टनरमा होटल टास्क इन्टरनेश्नल प्रालि अमरसिंहचोक, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैक,अफिसियल इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्स, ड्रिङकीङ वाटरमा सोल्टी वाटर, पेमेन्ट पार्टनरमा रेभल, अफिसियल एयरलायन्समा यति एयरलायन्स, सहयोगी संस्थाहरुमा अमरसिंह मावि, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, अमरसिंह महिला समुह रहेका छनभने प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छभने अझै प्रायोजकहरु आउने क्रम जारी रहेको युनाईटेड क्लबका अध्यक्ष तथा महोत्सव मुल समारोह संयोजक लोक बहादुर थापाले बताए ।
महोत्सवमा फरक क्षमता भएका, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका वालवालिकाहरुलाई प्रवेश शुल्क नलाग्ने समेत जनाएको छ ।