पोखरा । तमु धिं नेपालले १० जना बिरामीहरुलाई स्वास्थ्योपचार सहयोगका लागि २ लाख ५० हजार सहयोग गरेको छ।
तमुहरुको महान पर्व ल्होछार आगमन हुँदै गर्दा बिरामीहरुलाई औषधोपचार मा थोरै भए पनि सहज होस भनी तमु धिं नेपाल सहयोग गरेको अध्यक्ष हुम बहादुर तमुले जानकारी दिए ।
स्व.मेजर जयबहादुर, स्व.उदयचन्द्र, समाजसेवी मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार अक्षयकोषबाट जनही २५ हजार रुपैयाँ दरले उपचार सहयोग रकम हस्तान्तरण गरिएको हो।
उक्त कोषका संस्थापक वरिष्ठ समाजसेवी मेजरनी रुपकुमारी गुरुङ र लक्ष्मी गुरुङले सहयोग हस्तान्तरण गरे । उनीहरुले स्वाथ्योपचारकोषका लागि १ करोड १५१ रुपैयाको कोष तमु धिंमा स्थापना गरेको छ ।
कार्यक्रममा बिर्यना गुरुङ, सुनिता कुमारी बिक, मिनबहादुर गुरुङ, फत्तबहादुर गुरुङ, बिकास गुरुङ, ज्योतिकुमार गुरुङ, सीता गुरुङ, शिला गुरुङ, प्रेमबहादुर गुरुङ र बिबस गुरुङलाई सहयोग गरेको हो ।
उक्त कार्यक्रममा तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेमबहादुर गुरुङ र तमु समाज इजरायलका प्रमुख संरक्षक डिककुमार गुरुङलाई स्वागत गरिएको थियो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु धिं नेपाल साउदी अरब प्रवास शाखाका अध्यक्ष खेमबहादुर गुरुङ र तमु समाज इजरायलका प्रमुख संरक्षक डिककुमार गुरुङले मन्तव्य व्यक्त गरेका थियो।