पोखरा । पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालि बीच सहकार्य हुने भएको छ ।
भारत र चिनबाट बिजुलीका सामाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा वीच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो ।
स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापा र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा बीच १३ औं पोखरा महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापाले स्टारसिडस प्रालिले विगतका संस्करणहरुमा समेत सहकार्य गर्दै आइरहेको र यो पटक पनि सहकार्य गर्ने बताए । स्टारसिडले भारत र चिनबाट सामाग्री आयात गरी नेपालमै एसेम्बल गरी उच्च गुणस्तरका बिजुली सम्बन्धी (यु एन आइ एक्सपर्टका) स्वीच, एलइडी बल्व, एलइडी प्यानल, एलइडी कन्सील, एलइडी सिओबी लाइट, ट्रयाक लाइट, पंखाहरु, इलेक्ट्रीक गिजर, हिटर, सेन्सर स्ट्रीट लाइट, फल्ड लाइट र हेलोजिन लाइटहरु उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।
स्टारसिड टेक्नोलोजिस प्रालिमा चन्द्र बहादुर थापा, पियुष कोठारी र बिर बहादुर कंडेल सञ्चालकको रुपमा रहेका छन । प्रालिले काठमाणडौंको रानीबारिमा रहेको आफ्नै कम्पनीबाट सामाग्रीहरु उत्पादन गरी सुनधारा स्थित बिजुलीबजारमा रहेको जेटी इलेक्ट्रिकल्स प्रालि र पोखरा १० बुद्धचोक स्थित विबस इलेक्ट्रिकल्स प्रालिबाट सामाग्रीहरुको बिक्री गर्दै आइरहेको सञ्चालक थापाले बताए म्।
महोत्सव आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुदैछ ।