रवि र ठगीः अब सहकारीमाभन्दा सम्पत्ति शुद्धिकरणतर्फ प्रहरी

नयाँलिपिः रास्वपा सभापति रवि लामिछानेले सहकारीमा संगठित ठगी गरेको आरोप लगाउँदै नेपाल प्रहरीले फक्राउ गरी विभिन्न जिल्लामा पेश गर्दै आएपनि अबको मुद्धा उनको सम्पत्तिमाथि छानबीन गर्ने र पत्नी निकितातर्फ तेस्र्याउने सम्भावना बढेर गएको छ ।

अबको केही दिनभित्र सूर्यदर्शनको ठगीलाई लिएर कास्की जिल्ला अदालतमा लामिछानेलाई पेश गर्नुपर्ने भएपनि प्रहरीसँग अझै बलियो प्रमाण नभएको शंका गर्न सकिन्छ ।

अर्कातिर उनलाई दोषि करार गर्दा कम्पनी ऐनमार्फत आउने दिनमा यस्तै प्रकृतिका तमाम मुद्दा पर्नसक्ने सम्भावना देखिएकाले लामिछानेलाई रिहा गर्नुपर्ने देखिन्छ । तर लामिछानेलाई रिहा गर्दा प्रहरी र सरकार कमजोर देखिने भयले अब सम्पत्ति शुद्धिकरणको मुद्धालाई लिएर उनलाई भित्रे राख्ने तयारी हुनसक्छ । लामिछानेले सहकारी ठगी नै गरेको एकपक्षीय र बलियो प्रमाण जुटाउन प्रहरीलाई निकै मुस्किल परेको हालसम्मको गतिविधिले प्रष्ट्याएको छ ।

लामिछाने र सहकारी ठगीको मुद्धालाई नजिकबाट नियालिरहेका रास्वपाकै एक जिम्मेवार कास्की नेताको बुझाईअनुसार उनी केही दिनमै अदालती आदेशबााट बाहिरिन सक्छन् तर लामिछानेलाई बाहिर निस्कन दिनु भनेको प्रहरी र सरकारकालागि आत्मघाती गोलसरह हुनसक्छ । यसकारण गतिलो प्रमाण फेला नपार्दा दबाबमा प्रहरी अब लामिछानेलाई सम्पत्ति शुद्धिकरणको मुद्दालाई अघि बढाएर आफ्नै नियन्त्रणमा राख्न चाहन्छ ।

यसबीचमा लामिछानेलाई हिरासतमा राखेर सहकारीभन्दा पनि सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन प्रहरी कसरत गरिरहेको रास्वपा कार्यकर्ता र शुभचिन्तकको बुझाईलाई गलत मानिहाल्न सकिँदैन ।

लामिछानेमाथि बलियो प्रमाण फेला नपरेपछि लामिछानेकीश्रीमती निकिता पौडेलको बैंक खातामा स्रोत नखुलेको करोडौं रकम आएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने तयारी थालेको प्रष्ट भएको छ । यसबीचमा सहकारी ठगीसम्बन्धी विभिन्न चरणको बयानमा लामिछानेले सम्पत्तिको सबै स्रोत खुलाउन नसकेको प्रहरीको दाबी छ ।

पाँचवटा सहकारी संस्थाको ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले सबैभन्दा पहिला पोखराको सूर्यदर्शन सहकारीको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाउने तयारी थालेको छ। उक्त मुद्धामा वादी अर्थात प्रहरीको पक्षमा अदालती फैसला नआए लामिछाने र पत्नी निकितामाथि सम्पत्ति शुद्धिकरणमा मुद्दा अघि बढाइने निश्चितप्रायः देखिएको छ ।

Scroll to Top