आदर्श कपको उपाधी कास्कीलाई

santan ads

लेखनाथ । कास्कीको लेखनाथमा आयोजित २५औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधी एन्फा कास्कीले उचालेको छ ।

लेखनाथको भण्डारढीक स्थीत लेखनाथ रंगशालामा शनिवार सम्पन्न फाईनल खेलमा सशस्त्र प्रहरीलाई २–१ को गोल अन्तरले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।

खेलको ४६ औ मिनेटमा शसस्त्रका प्रविन स्याङतानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए ।

कास्कीका संगम ठकुरी व्याक्तिगत पहिलो र टीमका लागि दोश्रो गोल गरे । जुन गोल २५ औं आदर्शकप जित्न को लागि निर्णायक बन्यो ।
च्याम्पीयन बनेको कास्कीले उपाधीसँगै नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता सशस्त्र प्रहरी वल गण्डकी प्रदेशले नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ,सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङते, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ,उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ठ खेलाडीमा कास्की कै अनिस तामाङ पुरस्कृत भएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै संघिय सासंद मन बहादुर गुरुङले खेललाई ब्यवसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको बैकल्पीक रंगशालाको रुपमा विकास विकास गराउन पहल गर्ने वताएका थिए ।

Scroll to Top