आर्दश कप : फाईनलमा एपिएफ र कास्की-११ भिड्ने

santan ads

लेखनाथ । लेखनाथको भण्डारढिकमा जारी आर्दश कप फुटबल प्रतियोगिता २०८१ को आज (बिहिबार) भएको खेलमा एपिएफ (शसस्त्र प्रहरी बल) गण्डकी प्रदेश विजयी भएको छ ।

एपिएफले गोर्खा फुटबल क्लबलाई १–० ले पराजित गरेको हो । आजको जित संगै एपिएफ फाईनलमा प्रवेश गरेको छ ।

खेलको ७१ औं मिनेटमा एपिएफका सुजन तामाङले गरेको गोल नै निर्णायक बन्यो । आजको खेलमा एपिएफका गोल किपर अजित कुमार बिक म्यान अफ दि म्याच भए ।

एपिएफ गण्डकीले शनिबार उपाधीको लागि कास्की-११ संग भिड्ने छ । कास्की-११ ले बुधबार भएको सेमिफाईनल खेलमा आयोजक आर्दश क्लबलाई पराजित गर्दे फाईनलमा प्रवेश गरि सकेको छ ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधागत तर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । तस्विर : उमेश पुन

Scroll to Top