नेपाल पत्रकार महासंघ मनाङ अध्यक्षमा पुनः लामिछाने

santan ads

मनाङ । नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा पुनः नविन लामिछाने चयन भएको छ । उनी सर्वसम्मत रुपमा चयन भएको हो । उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो।

बुधबार मनोनयनपछि कुनै पनि पदमा दाबी विरोध र उजुरी नपरेकाले निर्वाचन समितिले सम्पुर्ण पदमा सर्वसम्मत भएको घोषणा गरेको हो ।
नब गठित कार्यसमितिको उपाध्यक्षमा फूर्वा छिरिङ लामा, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिवमा मिनकाशी गुरुङ, कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिलबहादुर गुरुङ चयन भएका छन ।

सदस्यमा सेराप गुरुङ, सुरेश कुमार थापा, उषा ठकुरी र दुर्गा घले चयन भएको छ । मनाङमा १७ जना संञ्चारकर्मी पत्रकार क्रियाशिल छन । लामिछाने नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिका सम्बददाताका रुपमा कार्यरत रहेका छन ।

Scroll to Top