आर्दश कप : आयोजकलाई पाखा लगाउदै कास्की-११ फाइनलमा प्रवेश

santan ads

लेखनाथ । लेखनाथको भण्डारढिकमा जारी आदर्श कप फुटबल प्रतियोगिता २०८१ को आज (बुधबार) भएको खेलमा कास्की-११ विजयी भएको छ । कास्की-११ ले आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय गोल रहित बराबरी भए पछि ३० मिनेट थप गरिएको थियो । थप गरिएको समयमा पनि गोल हुन नसके पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा कास्कीले आयोजकलाई ४-३ ले पराजित गरेको हो ।

कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । आजको खेलमा कास्की-११ का आयुसमान गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधा गततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजक आर्दश युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । भोलि गोर्खा फुटवल क्लब र सशस्त्र प्रहरी बल गण्डकीका बिच हुनेछ ।

Scroll to Top