शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान

santan ads

पोखरा । पोखरा नेपाल टेबल फुसबल संघले पोखराको शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारि संघले केन्द्रमा फुसबल (टेबल सॉकर) सहयोग सगै स्थापना गरेको हो । ४७ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले डाउन सिन्ड्रोम लगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाहरुका लागि काम गदै आएको छ ।

फुसबल, जसलाई टेबल सॉकर पनि भनिन्छ, जुन फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो, जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्ने गर्दछ । हालका वर्षहरुमा यो समावेशी गतिविधिका रुपमा लोकप्रिय बनेको छ, जसले विभिन्न क्षमता भएका व्यक्तिहरुको मानसिक र शारीरिक विकासलाई प्रोत्साहन गर्ने काम समेत गर्दछ ।

ई–कमर्स प्लेटफर्म दराज नेपालले ढुवानी साझेदारका रुपमा र संकटा क्लब, काठमाडौं ले तालिम साझेदारका रुपमा सहयोग प्रदान गरेका थिए । टेबल स्थापना, अभिमुखीकरण र तालिमका सबै गतिविधि नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले समन्वय गरेका थिए ।

फुसबल केवल खेल मात्र होइन, यो सहभागिता, अन्तरक्रिया र सीप विकासको माध्यम रहेको भन्दै घिमिरेले यसले यहाँका बालबालिकाहरुलाई मोटर स्किल्स, सामाजिक अन्तरक्रिया र आत्मविश्वास वृद्धि गर्न सहयोग पु¥याउने बताए । यो पहलले बालबालिकाहरुलाई रमाइलो र थेराप्युटिक गतिविधि प्रदान गर्दै उनीहरुको विकासलाई सहयोग गर्ने लक्ष्य आफुहरुको रहेको घिमिरेले बताए ।
हस्तान्तरण कार्यक्रममा संकटा क्लबको तालिम टोलीले केन्द्रका कर्मचारी र देखभालकर्ता लागि अभिमुखीकरण सत्र सञ्चालन गरी, फुसबललाई केन्द्रको दैनिक गतिविधिमा समावेश गर्नका लागि आवश्यक सहजीकरण गरेका थिए ।

नेपालभर फुसबलको प्रवद्धन गर्दै आएको छ, विशेष गरी न्युरोडाइभर्जन्ट बालबालिकाहरुलाई व्यवहार विकासका लागि संलग्न गराउँदै समावेशीता र खेलको माध्यमबाट सशक्तीकरण गर्ने लक्ष्य संघले लिएको उनले बताए । संघले फुसबललाई सबैका लागि परिवर्तनकारी गतिविधिका रुपमा अगाडि बढाउने आफ्नो यात्रालाई निरन्तरता दिदै आएको उनले बताए ।

केन्द्रका कर्मचारीले सहयोग प्राप्त फुसबल टेबलले हाम्रो देखभाल विधिलाई नयाँ आयाम थप्ने बताउदै बालबालिकाहरुको विकासका लागि यस्ले सहयोग गर्ने बताएका थिए ।

Scroll to Top