Skip to content
Home » विदेशबाट आएका ४ युवाले खोले स्केटिङ पार्क

विदेशबाट आएका ४ युवाले खोले स्केटिङ पार्क

पोखरा । वैदेशिक रोजगारीबाट फर्केका चार युवाहरुको लगानीमा पोखरा(१७, बिरौटामा स्केटिङ पार्क तथा प्लेजोन संचालन गरिएको छ ।
उक्त प्लेजोनको पोखरा १७ निवासी समाजसेवी ८२ बर्षिय नन्दप्रसाद आचार्य र पोखरा अटोवेज प्रालिका अध्यक्ष एवं मणिपाल अस्पतालका संञ्चालक नारायण प्रसाद पौडेलले सम्युक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा संघिय सांसद राजु थापा, गण्डकी प्रदेश सांसद प्रकाश वराल, समाजसेवी श्रीबहादुर रानाभाट, रानाभाट÷भाट समाज नेपाल कास्कीका अध्यक्ष सुर्यबहादुर रानाभाट लगाएतले युवा पलायन बढी रहेको यस्तो बेलामा देश मै केहि गर्छु भन्ने युवालाई राज्यले व्यावसायिक बाताबरण सहज हुने निति ल्याइ प्रोत्साहन गर्नुपर्ने बताए ।
उनिहरुले लगानीकर्ताहरुलाई बधाई दिदै ब्यबसाय गर्दा धेरै चुनौतीहरु आउने बताउँदै हरेस नखाई निरन्तर चुनौतीको सामना गर्दै अगाडी वढ्न सक्नुपर्ने बताए ।
११ वर्ष कोरियामा रोजगारी गरी नेपालमै केहि नयाँ व्यवसाय गर्ने सोच भएका घैलेन्द्र केसी, मिलन कार्की, सुनिल पौडेल र सर्वोदय ढकालको लगानीमा सिद्धार्थ राजमार्गस्थित वडा नं. १७ को कार्यालय नजिक संचालन गरिएको उक्त स्केटिङ पार्क तथा प्ले जोनमा स्केटिङ, स्लाइडिङ इन बल, ट्राम पोलिङ, क्लाइम्बिङ, बुल राइड र जम्पिङ खेलहरु राखिएको संचालक सर्वोदय ढकालले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x