Skip to content
Home » स्रोत नखुलेको डलर, यूरोसहित ३ भारतीय पक्राउ

स्रोत नखुलेको डलर, यूरोसहित ३ भारतीय पक्राउ

  • by Naya Lipi

हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्रोत नखुलेको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित तीन जनालाई सार्वजनिक गरिएको हो ।

प्रहरीले भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय विजय सिंह कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक, र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई स्रोत नखुलेको विदेशी मुद्रासहित पक्राउ गरेको हो । प्रहरीले कुशवाहको साथबाट अमेरिकी डलर १२ हजार, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट बिस हजार अमेरिकी डलर बरामद गरेको थियो ।

प्रहरीका अनुसार बरामद भएको विदेशी मुद्राको नेपाली बजार मूल्य अनुसार बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपियाँ छ । प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको प्रहरीले आइतबार साँझ विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

हेटौँडा–१ स्थित चौकी टोलको हेटौँडा–भैँसे सडक खण्डमा काठमाण्डौँबाट हेटौँडातर्फ आउँदै गरेको बा।प्र।०३–००१ ज ०७६५ नं को यात्रुवाहक इभि माइक्रो बसमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको विदेशी मुद्रा बरामद भएको हो ।

बरामद भएको स्रोत नखुलेको विदेशी मुद्रासहित उनीहरूलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय मीन भवन ललितपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x