Skip to content
Home » मानसिक स्वास्थ्य सचेतनामा ‘परिवेश’को प्रयास

मानसिक स्वास्थ्य सचेतनामा ‘परिवेश’को प्रयास

  • by Naya Lipi

पछिल्लो समय मानसिक समस्या बढ्दै गरेको अवस्थामा ‘राइज टूगेदर’ नामक सामाजिक संस्थाले नाटक ‘परिवेश’मार्फत जनचेतना प्रवाहको प्रयास गरेको छ ।

शनिबार पोखरा थिएटरमा मञ्चन गरिएको नाटकले युवावस्थामा हुने विविध दूव्र्यसनमार्फत मानसिक स्वास्थ्यमा पर्ने प्रभाव र सङै परिवारमा ल्याउने बिचलन बारे चित्रण गरेको थियो । सर्वज्ञ पौडेलद्वारा निर्देशित नाटकले परिवारको गैरजिम्मेवारी, साथी संगत र निराशाबीच लागुपदार्थ र दूव्र्यसनको लतले निम्त्याउने मानसिक समस्यालाई उजागर गरेको छ ।

नाटकको विषयवस्तुबारे निर्देशक पौडेलले भने ‘परिवेशमा देखाइएका विषयमा अचेल प्रायः घरमा पाइन्छ, मानसिक समस्याका कारण किशोर एवं युवामाझ गहिरो असर पारिरहेको छ ।’ समस्याको पहिचान र उपचार तत्काल हुन नसके यसको दूरगामी प्रभाव पार्ने पौडेलले उल्लेख गरे ।

नाटकको कथावाचनमा समेत रहेका पौडेलले समस्यामात्र नदेखाएर त्यसको निराकरणमासमेत भूमिका खेलेको जनाए । नाटकमा कलाकार र निर्देशकीय भूमिकामा करिब २ दर्जनको सहभागिता रहेको छ ।


मानसिक र वृद्धवृद्धाको उपचारमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बिजी हस्पिटल एवं रिसर्च सेन्टरले नाटकको प्रायोजन गरेको छ ।

प्रत्येक मानिस कुनै न कुनै समय मानसिक समस्याबाट गुज्रने गरेको तर उपचारमा जान अप्ठेरो मान्ने अवस्था रहेको बताउँदै नाटकले सह्राहनीय कार्य गरेकाकारण प्रायोजन गरेको हस्पिटलका प्रबन्ध निर्देशक प्राडा. निर्मल लामिछानेले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x