आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने

-


     नयाँ लिपि    
     कार्तिक ३ गते २०८१ मा प्रकाशित



पोखरा । पोखरा महानगरपालिका २५ मा रहेको आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने भएको छ । शनिबार आर.एस.बिच क्लबले हेम्जाको अमबोट बिच फुटबल मैदानमा पत्रकार सम्मेलन गरिे फेस्टिभल बारे जानकारी दिएको हो ।

पोखरा महानगरपालिका २५ हेमजा कास्की स्थित एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना गर्न लागेको आर.एस.क्लबका अध्यक्ष रमेश कार्कीले बताए ।

कार्तिक ९ गते देखि सुरु हुने उक्त फेस्टिभलमा बल्छि हान्ने प्रतियोगिता,फ्रि स्टाइल फुटबल प्रतियोगिता,घोडा दौड प्रतियोगिता,साईकिलङ प्रतियोगिता,५ ए साइड फुटबल प्रतियोगिता,बन्जी जम्प लगायतका खेलहरु रहेका छन
प्रतियोगितालाई भव्य र आर्कषण बनाउनको लागि नेपालका पूर्व राष्ट्रिय चर्चित फुटबल खेलाडी हरि खड्कालाई फ्रि स्टाइल फुटबलको जजमा राखिएको छ भने अर्का जज नेपालका चर्चित भल्गर सिसन बानियाँ संग पनि कुरा भई रहेको आयोजकले जनाएको छ ।

धार्मिक पर्यटन तथा खेल पर्यटकद्धारा सो क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आयोजना हुने उक्त फेस्टिभल अन्तरगतको ५ ए साईड फुटबल प्रतियोगितामा प्रथम हुनेले ५० हजार र द्धितिय हुनेले २५ हजार नगद प्राप्त गर्ने छन । प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्डर र हाईस्कोररलाई पुरस्कारको व्यवस्था रहेको छ ।

फुटबल प्रतियोगिताका लागि एन्फामा आबद्ध क्लबहरुले मात्र भाग लिन पाउने छन । यदि एन्फामा आबद्ध भएको क्लबहरु संख्या कम भएमा अन्य क्लबले संबन्धित वडाको सिफारिसको आधारमा प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एव पोमनपा २५ का कार्यवाहक अध्यक्ष धना कुमारी तिमिल्सिना पोखरेलले पर्यटन प्रबद्र्धनमा यस्ता कार्यक्रमले मद्धत पुग्ने बताउँदै आफ्नो वडाले कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताईन ।

सो फेस्टिभलमा फ्रि स्टाईल फुटबल प्रतियोगितामा प्रथमलाई १० हजार र द्धितियलाई ५ हजार नगद,घोडा दौड प्रतियोगिता प्रथमलाई २० हजार र द्धितियलाई १० हजार नगद र बल्छि हान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई पनि आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल,बिष्णु पादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठ,लायन्स क्लब पिस सोसाईटीका प्रतिनिधि नेत्र तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन पश्चात आयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच मैत्रीपूर्ण ५ ए साइड फुटबल आयोजना भएको थियो ।