एक दिवसीय क्रिकेट सुरु

-


     नयाँ लिपि    
     कार्तिक १ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा आजबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वर्षाको कारण सांग्रिला र लेकसाइडले अंक बाडेका छन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को पहिलो खेलमा सांग्रिला क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लबले १–१ अंक बाडेका हुन् ।

बिहिबार विहान खराब मौसमका कारण खेल समयमा सुरु नभएपछि ओभर घटाएर २०–२० ओभरको खेल खेलाइएको थियो । २०–२० ओभरको खेलको दोस्रो इनिङको खेल चलिरहँदा पुनः वर्षा भएपछि दुवै टिमले अंक बाडेका हुन् ।

समूह ए तर्फको उक्त खेलमा टस जितेर व्याटिङ थालेको गत संस्करणको विजेता सांग्रिलाले २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रन जोड्न सफल भएको थियो ।

सांग्रिलाका लागि ओपनर मेघनाथ खनालले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेल्दै आउट भए । उनले ५१ बलमा २ छक्का र ४ चौका प्रहार गरे ।

सिबृन श्रेष्ठले १४ रन जोडे । सुदिप पोडेलले २१ बलमा १ छक्का र १ चौकाको मद्धतमा २२ रन जोडे । अरुण अधिकारी ७ रनमा आउट भए । विपिन खत्री १३ रनमा र सर्तिक घिमिरे आउट भए । विराज दवाडी २० र सनम बुढा ६ रनमा नटआउट रहे ।

लेकसाइडका लागि यामलाल गिरी र सेख नजामुदिनले २–२ तथा सन्दिप तिमिल्सिनाले १ विकेट लिए ।
१४४ रनको विजयी लक्ष्य पाएको लेकसाइडको सुरुवात निकै खराब रह्यो । १७.२ ओभरको खेल सकिदा लेकसाइडले ६५ रन जोड्दा ८ विकेट गु्माइ सकेको थियो ।

सांग्रिला जित तर्फ बड्दै गर्दा वर्षा भएपछि खेल रोकियो र दुवै टिमले अंक बाडेका हुन् । लेक साइडका ओपनर चन्दन सिंह २ रनमै आउट भएका थिए । सेख नजामुदिन शुन्यमै बोल्ड भए । विविन शर्मा पनि शुन्यमै आएट भए । सरोज चौधरी २७ रनमा आउट भए । उनले ५९ बलमा ४ चौका प्रहार गरे ।

रवि गुरुङ २ तथा खेमबहादुर गुरुङ र सन्देश शाही शुन्यमै पेभिलियन फर्किएका थिए । दोर्जे लामा २३ रनमा आउट भए । नविन खनाल १ रनमा नटआउट रहे ।

सांग्रिलाका लागि सिबृन श्रेष्ठले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर २ विकेट लिए । विराज दवाडी र सनम बुढाले समान १–१ विकेट लिए ।

१२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ । भोलिको खेल समुह बि तर्फको माछापुच्छे« क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब भिड्ने छ ।