‘८ टु ९’ एसडी –१२ लक्ष्मण एण्ड अर्जुन फुटसल प्रतियोगिताको च्याम्पिन

-


     नयाँ लिपि    
     असाेज १६ गते २०८१ मा प्रकाशित


पोखरा । ८ टु ९ एसडी लक्ष्मण एण्ड अर्जुन भेट्रान्स फुटसल प्रतियोगिताको च्याम्पिन बनेको छ । ८ टु ९ ले कालिज भेट्रान्सलाई आज (बुधबार) खेल कुञ्ज एरिनामा भएको फाईनल खेलमा २–१ ले पराजित गर्दे च्याम्पियन बनेको हो ।

८ टु ९ को जितमा नरेश केसीले २ गोल गरे । कालिजको तर्फबाट सुबिन श्रेष्ठले १ गोल गरे पनि जितको लागि प्रयाप्त भएन । फाईनल खेलमा म्यान अफ दि म्याच ८ टु ९ का नरेश केसी भए । प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गरेका उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत बने ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर ८ टु ९ कै बेल गुरुङ घोषित भए । प्रतियोगिताको विजेता ८ टु ९ ले ६० हजार नगद,ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता काजिलले ३० हजार नगद,ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउन पर्यो ।

प्रतियोगितामा प्रथम नगद पुरस्कार,ट्रफी र मेडल माटेपानी एशोसियसन युके,रेफ्री फि र द्धितिय पुरस्कार माटेपानी हङकङले प्रायोजन गरेको थियो ।

त्यस्तै द्धितिय नगद पुरस्कार,ट्रफी प्रायोजक बेल गुरुङ र खेल मैदान प्रायोजक युकै निवासी नरेन गुरुङ र विनोद गुरुङले प्रायोजन गरेको प्रतियोगिता संयोजक लक्ष्मण गुरुङले बताए ।

फाईनल प्रतियोगिताका प्रमुख अतिथि एंव गण्डकी फ्ुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ,कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्र जंग गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १४ टीमको सहभागिता रहेको थियो ।