मोबाईल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

-


     नयाँ लिपि    
     असाेज १० गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको महेन्द्रपुलमा रहेको पोखरा मोबाईल टावरले दशै तिहारका लागि उपहारै उपहारको बम्पर योजना सुरु गरेको छ । यो योजना अन्तरगत राइसकुकर,टिभि देखि स्कुटर सम्मको उपहार रहेको ‘मोबाईल मेला २०८१’ का संयोजक बुद्धि थापाले बताए ।

यो बम्पर योजना अन्तरगत प्रथम हुनेलाई ३२ इन्चकोे टिभि र द्धितिय हुनेलाई एसी कुलर,तेस्रो हुनेलाई १० इन्चको ट्रोल्ली स्पीकर र सान्त्वना पुरस्कारमा राईस कुकर रहेको छ । त्यस्तै प्रत्येक महिना १० जनालाई आर्कषक पुरस्कारको व्यवस्था रहेको मेला संयोजक थापाले जनाएको छ ।

गण्डकी प्रदेशकै मोवाईल पाईने ठुलो पोखराको मोबाईल टावरमा विभिन्न ब्राण्डका मोवाईलहरु सुपथ मुल्यमा बिक्री वितरण हुदै आईरहेको छ ।

चाडपर्वको बेला उपभोक्ताहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ टावरले उपहार योजना सुरु गरेको टावरका संरक्षक उदय बहादुर केसी ‘लाहुरे दाई’ ले बताए ।

मोबाईल मेलालाई व्यवस्थित गर्नका लागि बुद्धि बहादुर थापाको संयोजकत्वमा मेला समिति गठन गरेको छ । जसमा उप–संयोजक उपकार रंजित,सचिव विदुर सापकोटा,सह–सचिव सन्तोष गुरुङ,कोषाध्यक्ष हेविन्द्र श्रीष र सह–कोषाध्यक्षमा मनि तिवारी रहेको छ ।

त्यस्तै सदस्यहरुमा सुनिल बि.क,सर्मिला पौडेल,शिवराज अधिकारी,सौरब बराल,केन्द्र घर्ति,दिपक पोर्खेल,सुजन श्रेष्ठ,विपिन बराल र रबिन्द्र आचार्य रहेका छन ।

सल्लाहकारमा नबिन ढुङ्गाना,हरि केसि,संजय श्रेष्ठ,देबराज भण्डारी,सुर्य श्रेष्ठ लगायत रहने गरि मेला समिति गठन गरेको संरक्षक उदय बहादुर केसीले बताए ।

उक्त टावरमा अहिले ८० वटा मोवाईल पसलहरु संचालनमा रहेको छ । असोज ६ गते देखि सुरु भएको मेला पुस १५ गते सम्म जारी रहने संयोजक थापाले बताए ।

मोबाईल टावरबाट ग्राहकले सामान खरिद गरे बापत प्राप्त हुने टिकटको आधारमा गोलाप्रथा द्धारा उपहार विजेता चयन गरिने आयोजकले जनाएको छ ।

मोबाईल टावरको दशै मेलामा त्यहाँ रहेको पसलबाट सामान खरिद गरे वापतको टिकट प्रथम,द्धितिय,तृतिय र सान्त्वनाको साथै बम्पर योजनामा पनि समावेश गरिने आयोजकले जनाएको छ । बम्पर योजनाका भाग्यशाली १ जना विजेतालाई डियो स्कुटर उपहार समेत रहेको आयोजक मोबाईल टावरले जनाएको छ ।