पोखरामा यू–१९ क्रिकेट सुरु

- पहिलो खेलमा कास्कीको विजयी सुरुवात

-


     नयाँ लिपि    
     असाेज ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा आज (सोमबार) बाट वाई वाई कप यू–१९ क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्धघाटन खेलमा कास्कीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न आजको खेलमा कास्कीले पर्वतलाई ८ विकेटले जितेको हो ।

टस जितेर पारीको सुरुवात गरेको पवर्त २८.५ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो । यता जवाफी व्याटिङ उर्तेको कास्कीले १२.५ ओभरमा २ विकेटको क्षतीमा ६९ रन बनाउँदै सहज जित हासिल गर्यो ।

पर्वतका लागि किरण पौडेलले सर्वाधिक ७० बलमा सर्वाधिक २९ रन बनाउँदा ओपनर व्याट्रद्वय सन्देश खड्का र अभिराज पटेलले समान ११ रनको योगदान दिए । तर अरु व्याट्म्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

पर्वतका ५ जना खेलाडी खाता समेत नखोली पेभिलियन फर्किएका थिए । कास्कीका लागि नितेश गिरीले घातक बलिङ गर्दै ९ ओभरमा ६ मेडन राख्दै १० रन खर्चिदै ३ विकेट हात पार्दा विमोचन सापकोटाले ७ ओभरमा २७ रन दिएर समान ३ विकेट लिए । त्यस्तै सिविन श्रेष्ठले २ र सत्कार चालिसेले समान ११ विकेट हात पारे ।

६९ रनको लक्ष्यका साथ उर्तेको कास्कीको शक्ति कुंवरले ३३ बलमा नटआउट रहँदै २३ रन जोडे भने सिव्रिन श्रेष्ठले ७ रन बनाए ।
रोहित चन्दले ११ रन बनाउँदा सरोज खत्रीको बलमा क्याच आउट हुँदा सफल श्रेष्ठ ७ रनको व्यक्तिगत पारीमा सुनिल क्षेत्रीले पेभिलियन फर्काए ।

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफुले खेलकुदलाई महत्व दिदै प्रदेशमा ५ वटा मात्रै मन्त्रालय भए पनि खेलकुदको छुट्ै एउटा मन्त्रालय बनाउन आफु सुरु देखि पहल गरेको र अहिले सम्म त्यो कायमै रहेको बताए ।

खेलकुदमा आफ्नो लामो अनुभवले पनि सबै संगको सहकार्य गरेर नेपालको खेलकुद विकासमा आफुले सक्दो सहयोग गर्ने बताउदै क्रिकेटको संम्भावना भएकोले सबै खेलाडीहरु अनुशासित भएर खेल्न सुझाए ।

गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गण्डकीको क्रिकेट लयमा रहेको बताए ।

१३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ६ टिमको सहभागिता रहेको छ । एक दिवशिय फर्मेटमा सुरु भएको प्रतियोगितामा समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बि’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।
भोली (मंगलबार)को खेल पर्वत र तनहुँका बिच हुनेछ ।