आनन्दित गृहको अध्यक्षमा पुन : शाक्य

-


     नयाँ लिपि    
     असाेज ५ गते २०८१ मा प्रकाशित


पोखरा । आनन्दित गृह (ह्याप्पी होम), नेपालको शनिबार ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले पुन : डाक्टर यज्ञमान शाक्यलाई अध्यक्षतामा चयन गरेको छ ।

शनिबार सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्क्षयमा मेजरमान बज्राचार्य, महासचिव रोमाकुमारी राउत शाक्य र कोषाध्यक्षमा रमेशलाल ताम्राकार चयन गरेको हो ।

७ सदस्यीय रहेको हेप्पीहोमको कार्यसमिति सदस्यमा शुसिला खनाल, गोमा क्षेत्री र नीलम महर्जन चयन भएका छ्न ।

निर्वाचन समिति संयोजक इन्द्रबहादुर खड्का तथा सदस्यमा उमामहेश घिमिरे र बरकाशी गुरुङ रहेका थिए । समितिको कार्यकाल २ वर्षको हुने हेप्पी होमकी महासचिव रोमा राउत शाक्यले बताईन ।

संस्थामा आवासीय सुविधा लिइरहेकामध्ये १०० वर्ष पार गरेकी गंगावती तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विश्वरत्न शाक्य, रबिन्द्र माकाजु , पोखरा वृद्द आश्रमका प्रतिनिधि अ्म्बिका भट्ट्राई, लक्ष्मी गुरुङ, शिव चन्द्र घिमिरे लगायतले सरकारले गर्नुपर्ने काम आनन्दित गृहले गरेको भन्दै संस्थाको कार्यको प्रशंसा गरेका थिए ।