एआइपिएस एसिया र सिएमआर नेपाल बिच सम्झौता

-


     नयाँ लिपि    
     भाद्र २७ गते २०८१ मा प्रकाशित


काठमाडौं । एस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ ।

एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो ।

एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो ।

उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।