रास्वपा सांसद पारशमणि गेलालले पद र शक्तिको आडमा अरूलाई राजनीति सिकाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै गेलालले इमानदार राजनीति गर्ने हो भने गुटबन्दीको पछि लाग्नुभन्दा स्वतन्त्र विचार राखेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले राजनीति पद र शक्तिको प्रदर्शन गर्ने माध्यम नभई जिम्मेवारी र राजनीतिक संस्कार देखाउने अवसर भएको उल्लेख गरेका छन् । साथै, आफ्नो पदको मर्यादा कायम राख्दै राजनीतिक संस्कार प्रदर्शन गरेर जिम्मेवारी सम्हाल्न सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेका छन् ।
गेलालले आफूलाई मुख खोल्न बाध्य नबनाउन चेतावनी दिँदै आफू बोल्न थाले व्यक्तिको मात्र नभई प्रवृत्ति र व्यवहारको विषयसमेत उठाउने बताएका छन् ।
उनले लेखेका छन्, ‘मलाई मुख खोल्न बाध्य नबनाएकै राम्रो । किनकि म बोल्न थालेँ भने कुरा व्यक्तिको होइन, प्रवृत्ति र व्यवहारको पनि उठ्नेछ । एक एक जनाको व्यवहार एक एक जनाको फेहरिस्त राखेरै हिँडेको छु ।’







