निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा आयोगले निर्वाचनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेको हो ।
छलफलमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनको भनाइ छ ।
छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापालगायतका नेता सहभागी थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए । तर, उनले पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिए ।







