abhisek tennis

अभिषेकले अस्ट्रेलियन ओपन २०२७ को छनोट खेल्ने

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया-प्यासिफिक वाइल्ड कार्ड प्लेअफमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

चीनको छेन्दुमा नोभेम्बर २३ देखि २८ सम्म आयोजना हुने प्रतियोगितामा अभिषेकले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को कार्यालयामा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिषेकले अस्ट्रेलियन ओपन खेल्ने आफ्नो लामो समयदेखिको सपना पूरा हुन लागेको बताए ।

एसिया-प्यासिफिक क्षेत्रका खेलाडीलाई अस्ट्रेलियन ओपनको मुख्य प्रतियोगितासम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले प्लेअफ आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु,’ उनले भने । एसिया-प्यासिफिक क्षेत्रका खेलाडीलाई अस्ट्रेलियन ओपनको मुख्य प्रतियोगितासम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले प्लेअफ आयोजना गर्न लागिएको हो ।

विश्वकै प्रतिष्ठित टेनिस प्रतियोगितामध्ये एक अस्ट्रेलियन ओपन एसिया-प्यासिफिक क्षेत्रको ग्रान्डस्लामका रूपमा परिचित छ ।
प्लेअफमा अस्ट्रेलिया बाहेक एसिया-प्यासिफिक क्षेत्रका देशका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।

पुरुष र महिला दुवैतर्फ विश्व वरीयतामा १०५ वा सोभन्दा पछाडि रहेका खेलाडीका लागि प्रतियोगिता खुला गरिएको छ । अभिषेकले एकल विधामा प्रतिस्पर्धा गर्नेछन् । उनले छनोट चरणका लागि उपलब्ध चार वाइल्ड कार्डमध्ये एक प्राप्त गरेका हुन् । छनोट चरणमा आठ

खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट शीर्ष चार खेलाडी मुख्य ड्रमा प्रवेश गर्नेछन् । मुख्य ‘ड्र’ मा यसअघि नै वरीयताका आधारमा छनोट भएका १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनी नेपालबाट चारपल्ट एसियाली खेलकुद खेल्ने खेलाडी हुन् ।

अभिषेक अस्ट्रेलियन ओपनको एसिया÷प्यासिफिक वाइल्ड कार्ड प्लेअफ खेल्ने पहिलो नेपाली खेलाडी हुन् । अभिषेकले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आए पनि राज्य र सम्बन्धित खेल संघबाट उचित सहयोग नपाएको गुनासोसमेत गरे ।

Scroll to Top