पूर्व वडाध्यक्ष रविन्सन प्रजुलाई पितृशोक

पोखरा महानगरपालिका वडा नं. ३ का पूर्व वडाध्यक्ष रविन्सन प्रजुका पिता कोमलबहादुर प्रजुको आइतबार निधन भएको छ ।

पोखराका समाजसेवी कोमलको ८३ बर्ष को उमेरमा निधन भएको हो । सत्यसाई सेवा केन्द्र पोखराका पूर्व अध्यक्ष प्रजु केही समय यता अस्वस्थ थिए ।

कोमलले ०३५ सालमा भैरहवामा पसल सञ्चालन गरेका थिए । पछि पोखरा आएर उनले हुलासको डीलरसीप सुरु गरेका हुन् ।

प्रजुका २ छोरा रविन्सन र देवेन्सन हुन् ।

Scroll to Top