फोटो पत्रकार राम गुरुङलाई मातृशोक

नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङकी आमा शान्तिदेवीको निधन भएको छ ।

गुरुङको ७७ वर्षको उमेरमा आज बिहान साढे ४ बजे निधन भएको हो ।

उनको उपचाराकाक्रममा हरियोखर्क अस्पतालमा निधन भएको जनाइएको छ ।

परिवारले दिएको जानकारी अनुसार आमा शान्तिदेवीको आज बिहान साढे ११ बजे बौद्ध अर्घाै सदन, रामघाटमा अन्त्येष्टी गरिने छ ।

Scroll to Top