गण्डकी प्रदेशका मुख्यमन्त्रीले जारी नेपाली कांग्रेसको महाधिवेशनमा हार ब्यहोरेका छन् ।
१५ औं महाधिवेशनमा पाण्डेले उपसभापतिमा चुनाव लडेका थिए । हारपछि उनले विजयी प्रतिष्पर्धीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
पाण्डेले फेसबुकमार्फत भनेका छन्ः
साथीहरू, जय नेपाल !
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विजयी हुनुभएका साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्दै पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउन यहाँहरू सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु।
उपसभापति पदको निर्वाचन परिणाम मेरो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र कांग्रेसका आदर्श, मूल्य मान्यता तथा अग्रजहरूको त्याग र योगदानबाट प्राप्त विरासतप्रतिको मेरो निष्ठा अटल छ। यस अभियानमा मेरो साथ, सहयोग र सहकार्य सदैव रहनेछ।
यस यात्रामा साथ, विश्वास र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता छ। हामी सबै मिलेर नेपाली कांग्रेसको विरासतलाई अझ समृद्ध बनाउँदै जनताको विश्वास जित्ने यात्रामा अघि बढौँ।
जय नेपाल







