बेनी-जोमसोम सडक पूर्ण सञ्चालनको प्रयास जारी, कन्टेनर रोकिए

बेनी-जोमसोम सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

सडक मर्मतको काम करिब सकिए पनि वर्षाका कारण सवारी सञ्चालन गर्न कठिन भएको सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले नै सवारी साधन पूर्णरुपमा सञ्चालन हुने अवस्था भने छैन । सवारी आवागमन अहिले पनि प्रभावित भएको छ । प्रहरीका अनुसार गाडीहरु फसेका कारण सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो ।

सडक प्रभावित हुँदा लामो समयदेखि चीनबाट आयातित सामान बोकेका कन्टेनरहरु रोकिएका छन् । केही कन्टेनर रोकिएको ठाउँबाट हिँडे पनि जीर्ण सडकमा अघि बढ्न सकेका छैनन् ।

मनाङमा केही दिनअघि वर्षासँगै आएको बाढीपहिरोले सडक अवरुद्ध भएको थियो ।

Scroll to Top