राइफलको गोली र लागूऔषधसहित पोखरामा एक जना पक्राउ

पोखरा । राइफलको गोली र लागूऔषधसहित कास्की प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २१ गते साँझ करिब ५ः३० बजे पोखरा महानगरपालिका–३ नदीपुरमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले रविनबहादुर नेपालीलाई पक्राउ गरेको हो।

पोखरा महानगरपालिका–१८ सराङकोट स्थायी वतन भई हाल पोखरा–३ नदीपुर बस्ने २३ वर्षीय नेपालीको घरकोठा खानतलासी गर्दा एसएलआर राइफलको गोली १ राउण्ड, .३०३ राइफलको गोली १ राउण्ड, गाँजा १ किलो ५० ग्राम, ट्रामाडोल ट्याब्लेट ४० चक्की, नगद ४३ हजार ४२० रुपैयाँ र मोबाइल फोन १ थान बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Scroll to Top