राप्रपा गण्डकीको अध्यक्षमा अर्जुन निर्वाचित

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन खनाल निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न पार्टीको दोस्रो अधिवेशनमा उनले पञ्चराम गुरुङलाई २५ मतले पछि पार्दै अध्यक्षको जिम्मेवारी हात पारेका हुन् ।

खनालले १ सय ८९ मत ल्याउँदा प्रतिस्पर्धी गुरुङले १ सय ६४ मत प्राप्त गरे ।

४ सय २८ मतदाता रहेको अधिवेशनमा ३ सय ६० जनाले मतदान गरेका थिए । त्यसमध्ये ७ मत बदर भएको थियो । 

अधिवेशनबाट ४१ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको छ । कार्यसमितिका सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका थिए । अध्यक्षमा पनि सहमतिको प्रयास गरिएको थियो । सहमति जुट्न नसकेपछि नेतृत्वका लागि मतदान भएको हो ।

Scroll to Top