नेपाली कांग्रेसको १५ औं महाधिवेशनमार्फत गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले ३ पटक केन्द्रीय सदस्य र ४५ वर्ष पार्टीमा गरेको योगदान स्मरण गरेका छन् ।
पार्टीलाई एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफूले उपसभापतिमा उम्मेदवारी दिएको उनले बताएका छन्।
कांग्रेसभित्र र बाहिरबाट निरन्तर एकता तथा बलियो संगठन निर्माणको माग उठिरहेको उनले उल्लेख गरे।
पार्टीका सबै तह र पुस्ताका नेता-कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ।







