स्याङ्जामा कालीको कहरः १७ घरमा क्षति, गुल्मी जोड्ने बेलिब्रिज बगायो

अविरल वर्षाले स्याङ्जा हुँदै बग्ने कालीगण्डकीले विपद् निम्त्याएको छ ।

जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले आज बिहान ११ बजे दिएको जानकारी अनुसार कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा सेतीवेणीका १७ घरमा क्षति पुगेकोछ ।

त्यस्तै, थप अपडेट यस प्रकार छ:

– कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको ड्यामसाइट नजिक स्याङ्जा–गुल्मी जोड्ने बेलीब्रिज बगाएको।
– सिद्धार्थ राजमार्गको पुतलीबजार–गल्याङ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध, अवरोध हटाउन स्काभेटर परिचालन।
– विभिन्न पालिकाका ग्रामीण सडकहरू समेत अवरुद्धस अवरोध खुलाउन सम्बन्धित पालिकासँग निरन्तर समन्वय भइरहेको।
– आँधीखोला गाउँपालिका र वालिङ नगरपालिकाका केही घरमा क्षति पुगेको।
– अर्जुनचौपारी गाउँपालिकामा कजवेबाट मोटरसाइकल बगाउँदा एक जनाको सकुशल उद्धार गरिएको।
– निरन्तर वर्षा भइरहेकाले नदी, खोला–खोल्सीको बहाव बढ्ने, भू–क्षय तथा नदी किनार कटानलगायत विपद्को जोखिम अझै कायम।

अत्यावश्यक बाहेक यात्रा नगर्न, खोलाखोल्सी, कजवे तथा जोखिमयुक्त स्थानमा प्रवेश नगर्न र जोखिमयुक्त घरबस्ती तत्काल छाडी सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।

Scroll to Top