पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले बडादशैं तथा तिहारको अवसरमा आकर्षक छुट प्रदान गरेको छ ।
सिटिजन फर्निचरले दशैंदेखि तिहारसम्मका लागि सिटिजन फर्निचरमा उपलब्ध सामानहरुमा खरिद गर्दा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।
सिटिजन फर्निचरमा उपलब्ध घरायसी तथा कार्यालय सञ्चालनमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर, सोफा, अफिस टेबल, टि टेबल, पर्दा, कार्पेट, डाइनिङ टेबल, कुर्सी, डोरमेटलगायतका सामग्रीहरुमा विशेष चाँडपर्व अफर अन्तर्गत भारी छुट प्रदान गरिने सञ्चालक दीपक कार्कीले जानकारी दिए ।
उनले भने,‘अन्य बेला पनि हाम्रोमा गुणस्तरीय सामान सस्तोमा बेच्छौं, यस वर्षको महान चाडहरु दशैं तथा तिहारको अवसरमा भारी छुट दिने घोषणा गर्दछौं ।’
सिटिजन फर्निचरमा २० हजारदेखि ४ लाखसम्मका सोफादेखि अन्य गुणस्तरीय सामानहरु सर्वसुलभ मूल्यमा पाईने सञ्चालक कार्कीले बताए ।







